प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिताको तयारी पूरा, ५ देखि सञ्चालन हुने

 मंसिर ४, २०७५ मंगलबार १९:२९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल बक्सिङ संघले प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।

संघले मंगलबार काठमाडाैंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हाे ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने प्रतियोगिता मंसिर ५ देखि ८ सम्म सञ्चालन हुने संघका अध्यक्ष राम अवालेले जानकारी दिनुभयाे ।

प्रतियोगितामा यू-१९ महिलातर्फ ४८, ५१, ५४, ५७ र ६० केजी तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६० र ६४ तौलमा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै यू-१९ देखि २४ मुनीको महिलामा ५१, ५४, ५७, ६० र ६४ केजीका तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६०,६४,६९ ,७५ र ८१ केजी तौलमा प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरमा रहेकाे राखेपकाे कभर्डहलमा हुने प्रतियोगिताको अनुमानित बजेट पच्चीस लाख रहेको अध्यक्ष अवालेले जानकारी दिनुभयाे । प्रत्येक तौल समूहका विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया