पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुआन एअरलाइन्सकाे चार्टर्ड उडान
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरकाे एकदिवसीय क्रिकेटमा नेपाली ब्याटर टिक्न नसकेको उल्लेख गर्दै यस फर्म्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत क्यानडा र अमेरिकामा भएकाे त्रिदेशीय शृङ्खला सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले एकदिवसीय क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग सम्हालिन नसकेको बताए । एकदिवसीय फर्म्याटमा धेरै क्रिकेट खेल्दा ब्याटर परिपक्व हुने उनकाे भनाइ छ ।
लिग–टुमा हारका बाबजुद टाेलीलाई सकारात्मक रूपमा अगाडि बढाउन सबै सदस्यले सुधार गरिरहेका कप्तान राेहितले उल्लेख गरे । अमेरिका र क्यानडा भ्रमणमा आशा गरेजस्तो नतिजा नआए पनि टोलीमा एकता रहेकाे उनले बताए । लिग–टुकाे तीन वटा शृङ्खलामा राम्रो नतिजा नआएपछि आउँदा खेलमा चुनौती हुने कप्तान राेहितकाे भनाइ छ ।
नेपाली क्रिकेट टोलीका ब्याटिङ कन्सल्टेन्ट जगत टमटाले टोलीले सबै क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताए । घरेलु प्रतियोगितामा ५० ओभरका खेल भयो भने खेलाडी थप बलियो हुने उनले आशा गरे ।
लिग–२ को दुई वटा शृङ्खलाको आठ वटा खेलमा नेपालले जम्मा चार अङ्क जोड्न सक्यो । लिग–२ मा अहिलेसम्म १२ खेल खेलेकाे नेपाल ६ अङ्कसहित पुछारबाट दाेस्राे स्थानमा छ । १२ खेलमा १६ अङ्क जाेडेकाे अमेरिका शीर्ष स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।