चीनसँग जोडिएको मुस्ताङको कोरला नाका व्यवस्थित हुन सकेन

 कात्तिक २२, २०८१ बिहीबार १२:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चीनसँग जोडिएको मुस्ताङको कोरला नाका व्यवस्थित हुन सकेको छैन । व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रूपमा विकास भएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा पर्ने कोरला नाकामा चीनतर्फ भव्य महल छन् ।

कोरलाको चीनतर्फ निर्माण भएको भवनभित्र पसलहरू छन् । भवन पछाडि ठूलो बस्ती बसेको छ । चीनले कोरलासम्म कालोपत्र सडक निर्माण गरेको छ । तर नेपालतर्फ टहरामात्रै छन् ।

चिनियाँ बजारबाट स्थानीय बासिन्दाले दैनिक उपभोग्य, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पीठो, चिउरा, चाउचाउ, जडीबुटी, पस्मिनालगायत सामान निकासी गर्न सकिने सम्भावना छ ।

अहिले चीनबाट आयातमात्र भएको छ । नेपाली सामान चीनतर्फ निकासी हुन सकेको छैन । छोसेरका व्यवसायीले नेपालतर्फ त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा आठ लाख राजस्व सङ्कलन गरेको नेचुङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक लाख १० हजार रुपैयाँमात्रै राजस्व उठेको जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले कोरलालाई अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताए पनि काम शुरू हुन सकेको छैन । कोरोना महामारी फैलिएपछि २०७६ सालदेखि बन्द रहेकाे कोरला नाका चार वर्षपछि २०८० कात्तिक २७ गते खुलेको थियो ।

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया