स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – युरोकप फुटबलमा हङ्गेरीले स्कटल्यान्डलाई हराएको छ । गएराति स्टटगार्टमा भएको समूह 'ए' को खेलमा हङ्गेरीले स्कटल्यान्डलाई १–० गालले हराएको हो ।
हङ्गेरीले तीन खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्यान्ड तीन खेलमा एक अङ्कसहित पुछारमा छ ।
यस्तै गएराति नै फ्र्याङ्कफर्टमा भएको यही समूहको अर्को खेलमा स्विट्जरल्यान्ड र जर्मनीले बराबरी खेलेर अङ्क बाडेका छन् । स्विट्जरल्यान्ड र जर्मनीले १–१ गोलको बराबरी खेलेका हुन् ।
जर्मनी तीन खेलमा सात अङ्कसहित शीर्ष स्थानमा छ । जर्मनी अन्तिम १६ मा पुगिसकेको छ । स्विट्जरल्यान्ड तीन खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।