स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – तिहार बिदाका कारण सबैजसो सरकारी अस्पतालहरुमा ओपीडी सेवा बन्द भएको छ । आजदेखि १९ गतेसम्म तिहार बिदा रहेकोले सबैजसो ठूला अस्पतालहरुमा ओपीडी सेवा बन्द भएको हो ।
केही अस्पतालले ओपीडी सेवालाई आधा समय घटाएर सञ्चालन गरिरहेका छन् । काठमाण्डौका वीर, त्रिवी शिक्षण अस्पताल, कान्ति अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल लगायतमा आजदेखि १९ गतेसम्म ओपीडी सेवा बन्द रहनेछ ।
थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भने भोलि र सोमवार आधा समय ओपीडी सेवा खुल्ला रहने अस्पतालले जनाएको छ । शनिवार र आइतवार भने ओपीडी पुरै बन्द हुनेछ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक बिदामा समेत ओपीडी सेवा नियमित गर्न भन्दै नयाँ क्यालेन्डर सार्वजनिक गरेको थियो । जसमा दशै तिहारको बिदामा भने ओपीडी सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छैन ।
पर्व, जात्रा, सार्वजनिक दिवस, जयन्ती लगायत २४ दिनको सार्वजनिक बिदामा भने ओपीडी सेवा सञ्चालन हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।