बैतडीमा  २०७  जना एचआईभी संक्रमित

 मंसिर ६, २०७५ बिहिबार १३:५८:४२ | जयराज अवस्थी

बैतडी – जिल्ला स्वास्थ्य कार्यालय बैतडीको आर्थिक वर्ष २०७४/०७५ सम्मको तथ्यांकअनुसार जिल्लामा  २०७  जना एचआईभी संक्रमित फेला परेका छन् । 

एचआईभी संक्रमितमध्ये नियमित रुपमा एआरटी सेवा लिने ११० जना बिरामी रहेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले जानकारी दिनुभयो । एचआईभी संक्रमितहरुले जिल्ला अस्पताल गोठलापानी, पाटन र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रबाट संक्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन् ।

विभिन्न लाञ्छनाका कारणले समाजमा संक्रमित बिरामी खुल्न हिचकिचाउने गरेको पाइएको छ । असुरक्षित यौनसम्पर्क र सुई, सिरिञ्जबाट लागूऔषध प्रयोगकर्ता एचआइभीको उच्च जोखिममा छन् । कामका लागि विदेश गएकाहरुबाट पनि एचआईभी सरेको भेटिएको छ । समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेका कतिपय संक्रमित एआरटी सेवाबाट वञ्चित भएका छन् । 

एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनुपर्ने भएकाले केही संक्रमितले सेवा लिन नमान्ने गरेको बताइएको  छ । विशेषगरी भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआईभी÷एड्सको संक्रमण देखिएकाले सिमानामा सचेतना फैलाउने अभियान सञ्चालन गर्नुपने देखिएको छ  ।

भारतमा रोजगारी गर्न जाने नेपालीहरुलाई यस बारेमा सचेतना जगाउनुपर्ने स्थानीय जानकारहरु बताउँछन् ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया