कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीलाई पाँच–एकले हराएको छ । जारी लिगमा पहिलो जित निकाल्ने क्रममा च्यासलको जितमा विमलले दुई गोल गरे ।
सातदोबाटोमा रहेको एन्फा मैदानमा जारी खेलको पहिलो हाफमा च्यासलले दुई गोलको अग्रता बनाएको थियो । च्यासलका लागि पहिलो हाफमा दुवै गोल अमिर श्रेष्ठले गरे । प्रतिस्पर्धात्मक बनेको खेलको १४ औँ मिनेटमा संजोग राईको पासमा अमिरले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
त्यसपछि २९ औँ मिनेटमा पुनः अमिरले नै च्यासलको अग्रता दुई–शून्यमा पुर्याए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको च्यासलले दोस्रो हाफमा थप दुई गोल गर्यो । जसमा सन्तोष साउखल र विमल घर्तीमगरले एक–एक गोल गरे । खेलको ५७ औँ मिनेटमा विमलले हेडर गोल गर्दै टिमको स्कोर तीन शून्यमा पुर्याए । ए डिभिजन लिगमा विमलको यो डेब्यू गोल हो ।
त्यसपछि ६३ औँ मिनेटमा विमलकै पासमा सन्तोष साउखलले गोल गर्दै च्यासललाई चार –शून्यले अगाडि राखे । ८७ औँ मिनेटमा विमलले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे । तर खेलको इन्जुरी समयमा एनआरटीका विदेशी खेलाडी मोसोद अंबोलाले सान्त्वना गोल गरेका थिए ।
जितपछि च्यासलको तीन खेलबाट चार अंक भएको छ भने एनआरटीको तीन खेलबाट एक अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।