थ्रीस्टारलाई हराउँदै मनाङ मर्स्याङ्दी ए डिभिजन लिगको शीर्ष स्थानमा

 मंसिर ६, २०७५ बिहीबार १७:९:५२ | उज्यालो सहकर्मी

चीरप्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । चार वर्षपछि लिगमा थ्रीस्टारविरुद्ध उत्रिएको मनाङले दुई एकको जित निकाल्यो ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा जारी खेलको पहिलो हाफमा मनाङका लागि अञ्जन विष्ट र विदेशी खेलाडी आडीलेजेले एक–एक गोल गरे । खेलको ११ औँ मिनेटमा हेमन गुरुङको पासमा अञ्जन विष्टले भलीमार्फत उत्कृष्ट गोल गरे । त्यसपछि १८ औँ मिनेटमा थ्रीस्टारको डिफेन्समा देखिएको कमजोरीको फाइदा उठाउँदै मनाङले दोस्रो गोल गर्यो । उसका लागि विदेशी खेलाडी आडीजेलेले गोल गरे । 

चार जना खेलाडी बेन्चमा राख्दा पनि मनाङले थ्रीस्टारलाई दबावमा राख्न सफल भयो । त्यसपछि ३८ औँ मिनेटमा थ्रीस्टारका रञ्जित धिमालले अञ्जन विष्टको प्रहारलाई बचाउन सफल भए । त्यसको लगत्तै मनाङका विराज महर्जनले डिबक्स नजिकैबाट गरेको प्रहार बाहिरिन पुग्यो ।

दुई गोलले पछि परेको थ्रीस्टारले ५६ औं मिनेटमा पाएको फ्रिकिकलाई सदुपयोग गर्न सकेन । ७४ औं मिनेटमा मनाङका हेमन गुरुङको प्रहारलाई थ्रीस्टारका एलान न्यौपानेले बचाए । तर ८२ औँ मिनेटमा थ्रिस्टारले पेनाल्टीको अवसर पायो । जसलाई रञ्जित धिमालले गोलमा परिणत गर्दै खेल दुई–एकको अवस्थामा पुर्‍याए । 

खेलको अन्तिममा थ्रीस्टारले मनाङमाथि दबाब दिए पनि गोल फर्काउन भने  सकेन र लिगमा पहिलो हार व्यहोर्यो । यो जितपछि मनाङ तीन खेलबाट नौ अंकका शीर्ष स्थानमा छ भने थ्रीस्टारको ६ अंक छ । 
 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया