चितवन टाइगर्सले भित्र्यायो आयरल्याण्डका चर्चित क्रिकेटर पल स्टर्लिङ

 मंसिर ६, २०७५ बिहीबार १७:५६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आउँदो एभरेष्ट प्रिमियर लिगमा सहभागी ६ वटा टिमले विदेशी खेलाडी अनुबन्धनको प्रक्रिया तीव्र पारेका छन । यस्तैमा चितवन टाइगर्सले आयरल्याण्डका पल स्टर्लिङलाई अनुबन्ध गरेको छ ।

मंसिर २२ गतेबाट हुने प्रतियोगिताका लागि चितवनले तीन जना विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा पललाई ल्याएको हो । हाल दुबईमा जारी टी–१० क्रिकेट लिगमा सन्दीप लामिछानेको टिम केरलाबाट खेलिरहेका पल एक विस्फोटक ब्याट्सम्यानका रुपमा परिचित छन् । उनीसँगै ईपीएलमा चितवनबाट इंग्ल्याण्डका म्याक्स होल्डेन, न्यूजिल्याण्डका जेम्स फुलरलाई ल्याएको छ ।

दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको चितवनमा खेल्ने तयारीमा रहेका पलले आयरल्याण्डबाट एक टेष्ट र एक सय एकदिवसीय खेल खेलेका छन । यसका साथै उनले ५२ टी–२० पनि खेलेका छन् । 
 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया