नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता
कात्तिक २५, २०८१ आइतबार
काठमाण्डाै – देशभरका विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाण्डाै विश्वविद्यालयअन्तर्गतको स्कुल अफ एजुकेशन र ई-लर्निङ प्लेटफर्म एम्बिशन गुरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
शिक्षण पेशा गरिरहेका र शिक्षक बन्न इच्छुक व्यक्तिहरूको क्षमता अभिवृद्धिका साथसाथै उनीहरूको सशक्तीकरण गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण पाठ्यक्रमहरू तयार गरी कक्षा सञ्चालन गर्न एम्बिशन गुरु र काठमाण्डाै विश्वविद्यालयअन्तर्गतको स्कुल अफ एजुकेशनले सहकार्य गर्ने भएको हो ।
यी पाठ्यक्रमहरू शैक्षिक सीपहरू वृद्धि गर्न, मूल्याङ्कन मापदण्डहरू परिष्कृत गर्न र निरन्तर व्यावसायिक विकासको संस्कृतिलाई प्रोत्साहन दिन डिजाइन गरिएका हुन् । शिक्षकहरूलाई नवीनतम उपकरण र विधिहरूसँग परिचित गराएर शिक्षाको गुणस्तर उकास्ने लक्ष्यसहित दुई शैक्षिक संस्थाबीच हस्ताक्षर भएको हो ।
यस सहकार्यको मुख्य उद्देश्य समग्र देशको शैक्षिक उन्नयनलाई केन्द्रमा राखी विद्यालयहरूको शैक्षिक र व्यावसायिक विकास सुदृढ गर्नु रहेको काठमाण्डौ विश्वविद्यालयका अशोसिएट डिन प्रकाश भट्टराईको विश्वास छ । भट्टराईले भन्नुभयो, ‘काठमाण्डाै विश्वविद्यालयले निरन्तर सिकाइका लागि परामर्श दिनुका साथै देशभरका विद्यालय तथा सिकाइ केन्द्रमा आधारित व्यावसायिक विकास क्रियाकलापहरूमार्फत देशभरका शिक्षकको क्षमता विकासमा सहयोग गर्नेछ ।’
यो सहकार्यअन्तर्गत काठमाण्डाै विश्वविद्यालय स्कुल अफ एजुकेशनले आवश्यकता अनुरूप मूल्याङ्कन उपकरणहरूको विकास, शिक्षक व्यावसायिक विकास पाठ्यक्रमको डिजाइन, शिक्षणशास्त्रमा सूचना प्रविधिको सम्भावनाहरूको खोजी, व्यावसायिक शिक्षक प्रशिक्षकहरूको नियुक्ति, विभिन्न कार्यशाला सहजीकरणका लागि पाठ्यक्रम विकास र शिक्षक तथा नेतृत्वकर्ताहरूको अभ्यासमा निरन्तर अनुगमन तथा व्यवस्थापन लगायतको काम गर्नेछ । साथै यस कार्यक्रमका लागि देशका विभिन्न ठाउँहरूबाट फरक फरक समुदायहरूको सहभागिताको पनि सुनिश्चितता गर्नेछ ।
यस्तै एम्बिशन गुरुले कार्यक्रमहरूमा संलग्न सबै आर्थिक व्यवस्थापन, शिक्षकहरूलाई पाठ्यक्रम वा कार्यशालाहरूमा सहभागी गराउने, कार्यशाला र सत्रहरूको प्रभावकारी सञ्चालनका लागि आवश्यक व्यवस्था, शिक्षक र प्रशिक्षकहरूका लागि प्रगतिशील र प्रोत्साहनमूलक वातावरण सिर्जना र कार्यक्रमको निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी लिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।