सुनको भाउ लगातार ओरालाे लाग्दै, आज चार सय रुपैयाँले घट्यो
कात्तिक २८, २०८१ बुधबार
मेक्सिकोको एउटा रात्रि क्लबमा भएको गोलाबारीमा १० जनाको ज्यान गएको छ । ट्रकमा आएका बन्दुकधारीले क्वेरेटारो शहरको एउटा रात्रि क्लबमा अन्धाधुन्ध गोली चलाएका थिए ।
घटनामा १० जनाको ज्यान गएको र सात जना घाइते भएका एएफपीले जनाएको छ । क्वेरेटारो राज्य अभियोजकको कार्यालयका अनुसार मारिनेमा तीन जना महिला रहेका छन् ।
चार जना हतियारधारीसँग अत्याधुनिक हतियार रहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शङ्कामा एक जना संदिग्धलाई पक्राउ गरेको छ ।
क्वेरेटारो मेक्सिकोको सुरक्षित शहरमध्ये एक मानिन्छ तर अहिले भने लागूऔषध कारोबारीले शहरमा अशान्ति मच्चाइरहेका छन् ।
सन् २००६ देखि मेक्सिकोमा चार लाख ५० हजार जनाभन्दा धेरै मानिसको हत्या भएको छ । गएको अक्टोबरमा राष्ट्रपति बन्नुभएकी पूर्वमेयर क्लाउडिया शेनबामको मुख्य चुनौती नै मेक्सिकोमा दैनिक हुने हत्या र अपहरणका घटना रोक्नु रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।