कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा पनि इंग्ल्याण्डले राम्रो लय लिएको छ ।
पहिलो र दोस्रो टेस्ट जितेको इंग्ल्याण्ड टेस्ट सिरिज ह्वाइटवास गर्ने तयारीमा रहँदा श्रीलंका यो टेस्ट जितेर श्रृंखला २–१ म झार्ने प्रयासमा हुने छ ।
दोस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले घरेलु टोली श्रीलंकालाई अल आउट गराएर दोस्रो पारि सुरु गरेको छ । दोस्रो पारिमा इंग्ल्याण्डले ४ अाेभर खेल्दै ३ रन जोडेको छ । पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ३३६ रन बनाएको थियो । त्यसपछि पहिलो पारि सुरु गरेको श्रीलंका एकै दिनमा २४० रन बनाउँदै ९५ रनले पछि परेको थियो ।
श्रीलंकाका ब्याट्सम्यानलाई रोक्ने क्रममा इंग्ल्याण्डका अदिल रासिदले ५ तथा बेन स्टोक्सले ३ विकेट लिएका थिए । श्रीलंकाका दिमुथ करुनारत्नेले ८३ तथा धनञ्जय सिल्भाले ७३ रन बनाएर गतिलो साझेदारी गरेका थिए ।
तर अन्य ब्याट्सम्यानका साथमा बलियो साझेदारी नहुँदा इंग्ल्याण्डसँग ९५ रनले पछि परेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।