कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट खेलमा भारत ६ विकेटले विजयी भएको छ ।
जितसँगै भारतले तीन खेलको श्रृखंलामा एक एकको बराबरी गरेको छ ।
सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ६४ रन बनायो । उसका लागि डार्सी शर्टले ३३ रन बनाए भने आरोन फिन्चले २८ रन बनाए । यस्तै स्टोइनिसले २५ र एलेक्स क्यारेले २७ रनको योगदान गरे ।
बलिङतर्फ भारतका क्रुणाल पाण्ड्याले चार विकेट लिए ।
जवाफमा भारतले १९ ओभर चार बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । बलियो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो । तर त्यसपछि अरु तीन विकेट सस्तैमा गुमाउँदा उसले एक सय आठ रनमा चार विकेट खेर फाल्यो ।
भारतका लागि शिखर धवनले ४१ रन बनाए भने रोहित शर्माले २३ रनको योगदान गरे । यस्तै लोकेश राहुलले १४ रन बनाउँदा कप्तान विराट कोहलीले कप्तानी पारी खेल्दै अर्धसतक बनाए ।
उनले अविजित ६१ रन बनाए । यस्तै दिनेश कार्तिकले २२ रन थपे ।
धाेनीकाे ठाउँमा ल्याइएका ऋशभ पन्तले खाता खोल्न सकेनन् । ५७ महिना पछि सिड्नीमा टी–२० खेल खेलेका मिचेल स्टार्कसँगै ग्लेन म्याक्सवेलले एक एक विकेट लिए ।
तीन खेलको सिरिजमा पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको थियो भने दोस्रो खेल बर्षाले रद्द भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।