सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

 कात्तिक १३, २०८१ मंगलबार ६:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको  छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक हिजो बेलुका दुर्घटनामा परेको हो ।

दुर्घटनामा स्थानीयवासी  १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १५ बर्षीया  सिर्जना बस्नेतको ज्यान गएको गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिनुभयो ।

दुर्घटनामा १३ वर्षीया  खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत र  संजीव बस्नेत, २९ वर्षीय शंकर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी घाइते हुनुभएको छ । उहाँहरु सबैको कपुरकोट गाउँपालिकाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया