नेपाली टोलीलाई काठमाण्डौ महानगरद्वारा राति नै नगदसहित सम्मान

 कात्तिक १५, २०८१ बिहीबार ७:२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाण्डौ महानगरपालिकाले गए राति नै नगद पुरस्कारसहित सम्मान गरेको छ । महानगरले टोलीका हरेक खेलाडीलाई जनही एक लाख रुपैयाँ, प्रशिक्षक, टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी कूल २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको हो ।

खेलाडीलाई उनीहरु बसेको होटल सोल्टीमै पुगेर महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गर्नुभयो । राति खेल सकेर होटल पुग्नासाथ खेलाडी महानगरको सम्मानमा सामेल भएका थिए । सम्मान कार्यक्रममा बालेनले फाइनल खेल दशरथ रङ्गशालामै आएर हेर्दा नर्मस भइने डरले आफुले घरमै बसेर हेरेको पनि बताउनुभएको छ ।

महानगरले दर्शकको चापलाई ध्यानमा राखेर बुधवार साँझ काठमाण्डौको टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरणको मैदानमा एलइडी स्क्रिनबाट महिला फाइलन खेलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर दिएको थियो ।

‘फाइनलमा हामी बङ्गलादेशभन्दा कम थिएनौँ एउटै कर्नरको गोलले पछि परिएको हो । हारले जित्न सिकाउँछ । हामी सबै नेपालीलाई तपाईहरुले खुशी दिनुभएको छ । त्यो नै जित हो,’ बालेनले भन्नुभयो ।

उपप्रमुख डंगोलले हरेक हारले जित्न सिकाउने भन्दै खेलाडीलाई अर्को पटक जित्न शुभकामना दिनुभयो । जसअनुसार टुँडिखेलमा २० हजार, हाँडीगाउँमा पाँच हजार र चाबहिलमा सात हजार दर्शकले फाइनल खेल हेरेको पनि महानगरले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया