यू–१९ महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले दियाे थाइल्य...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढेसँगै सङ्क्रमण घट्दै गएको बताउनुभयो ।
उहाँका अनुसार सन् २०२४ को ४२औं हप्तादेखि नेपालमा डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औं हप्ता चलिरहेको छ । ४२औं हप्तामा दुई हजार पाँच सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । ४३औं हप्तामा दुई हजार दुई सय चार, ४४औं हप्तामा एक हजार ७१ र ४५औं हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको प्रमुख दाहालले जानकारी दिनुभयो ।
नेपालमा अहिलेसम्म २९ हजार एक सय ५८ जनामा डेङ्गी सङ्क्रमण भएको र १२ जनाको ज्यान गएको शाखाको तथ्याङ्क छ । यस वर्ष हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाण्डौ उपत्यकामा ६ हजार ६ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
डेङ्गी सङ्क्रमण घटिरहेको भए पनि अझै केही समय सावधानी अपनाउन डा. दाहालले आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।