कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
स्पेनिस क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले नेदरल्याड्सको पीएसभीलाई २–१ ले हराउँदै एक खेल अगावै समूह विजेता बन्दै प्रिक्वार्टर फाइनलमा स्थान बनाएको छ । नेदरल्याण्डको इन्दोभेनमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनका लागि लियोनल मेस्सी र जरार्ड पिकेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ६१औं मिनेटमा मेस्सीले बार्सिलोनलाई अग्रता दिलाए । मेस्सीले डेम्बेलेको पासमा गोल गरेका थिए ।
७०औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता २–० मा लम्ब्याए । उनले मेस्सीले मिलाइदिएको बललाई गोलमा परिणत गरे ।
८२औं मिनेटमा लुक डि योङले पीएसभीका लागि गोल गर्दै बार्सिलोनाको अग्रता २–१ मा छोट्याएका थिए । तर, बाँकी समयमा थप गोल हुन नसक्दा बार्सिलोना विजयी भयो । बार्सिलोनाले समूह बीमा १३ अंक बनाउँदै समूहको विजेता बनेको छ ।
यसै समूहमा इंग्लिस क्लब टोटनह्यामले इटालियन क्लब मिलानलाई १–० ले हराउँदै नकआउट चरणका आशा कायमै राखेको छ । टोटनह्यामको जितमा क्रिष्टियन इरिक्सनले ८०औं मिनेटमा गोल गरेका थिए ।
एट्लेटिको मड्रिड मोनाकोलाई २–० ले हराउँदै नकआउट चरणमा स्थान बनाएको छ । समूह एबाट जर्मन क्लब बोरुसिया डर्टमण्ड पनि बेल्जियमको क्लब ब्रुगेसँग गोलरहित बराबरीमा रोकिँदै प्रिक्वार्टर फाइनलमा पुग्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।