क्रिकेटको विवाद समाधानका लागि स्वतन्त्र समितिको बैठक मंसिर अन्तिम साता, आर्इसीसी प्रतिनिधि आउने

 मंसिर १३, २०७५ बिहीबार १५:९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाली क्रिकेटको विवाद समाधानका लागि गठन गरिएको स्वतन्त्र समितिको मंसिरको अन्तिम साता बस्ने बैठकमा आर्इसीसीका प्रतिनिधि काठमाडौं आउने भएका छन्।

स्वतन्त्र समितिको बैठक आउँदाे मंसिर २१, २२ र २३ गतेका लागि तय गरिएको छ। स्वतन्त्र समितिमा आइसीसीका अमर शेख, नितिश कोथारी र मोहमद अली छन् भने नेपालबाट राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री र निर्वाचित क्यानको तर्फबाट ठाकुरप्रताप थापा सदस्य छन्।

यसअघि पनि बारम्बार आइसीसीका प्रतिनिधी नेपाल आएर छलफल गरे पनि विवादको निकास निस्कन सकेको छैन । अब स्वतन्त्र समितिको बैठकपछि भने यसको निकास निस्किनेमा आशा गरिएको छ ।

केही दिन अघिमात्र निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेल एसीसीको बैठकमा पुगेर नेपालको  निलम्बनका बारेमा छलफल गरेका थिए ।

बैठकमा मुख्य गरी २ विषयमा छलफल हुनेछ । निलम्बित क्यानले मुद्दा फिर्ताका लागि गरेको पहल र  जिल्लाको हकमा आर्इसीसीलाइ पठाइएको प्रतिवेदन मुख्य एजेन्डा हुनेछन् ।

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ganesh Bhattarai

    Nov. 30, 2018, 2:09 a.m.

    Parttimer official are real abuse of Nepali cricket... same on you guys,,, still same situation...

  •  0 Reply

तपाईको प्रतिक्रिया