रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्नुको विकल्प नरहेको बताउनुभएको छ । राजमार्ग अलपत्र हुँदा लामो समयदेखि यात्रु, चालक र सडक वरपरका स्थानीयवासीले दुःख पाएको विषयमा जानकार रहेको जनाउँदै प्रधानमन्त्री ओलीले सरकारले यो विषयमा चाँडै उचित निर्णय लिने बताउनुभएको हो ।
सडक खण्डमा निर्माणको काम रोकिएको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम शुरू नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताउनुभयो ।
विश्वसनीय रूपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काम गर्ने जिम्मा लिएर वर्षाैंसम्म आयोजना 'होल्ड' गर्ने प्रवृत्तिबाट बच्नुपर्ने उल्लेख गर्नुभयाे । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्ण रूपमा धूलो–मैलोमा बस्नुपरेको र आर्थिक विकासका गतिविधिमा पनि असर परेको भन्दै उहाँले निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको छ ।
चाइना स्टेट कम्पनीसँग याे सडक खण्ड २०७९ साल साउन २२ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ साल चैत ८ गते ठेक्का सम्झौता भएको थियो । झन्डै १७ अर्ब रुपैयाँ लागतको बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको तेस्रो पटक म्याद थप्दा पनि प्रगति भने ५२ प्रतिशत मात्रै रहेको छ । चिनियाँ कम्पनीले अहिले आएर ठेक्का रकमले काम गर्न नसकिने भन्दै थप रकम मागेर काम ठप्प बनाएको छ ।
निर्माण कम्पनीले सडक खनेर छाड्दा सडकभरि गाडी बिग्रिएका र पल्टिएका देखिन्छन् । यात्रा कष्टकर र लामो बनेको छ । सडक वरपरका स्थानीयवासी केही अस्थायी रूपमा बसाइ सरेका छन् । व्यापार चौपट भएको छ । नारायणगढ–बुटवल सडक निकै खराब हुँदा लुम्बिनी पुग्ने पर्यटकको सङ्ख्यामा ठूलो कमी आएको छ ।
आजको छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।