आईसीसीको पूर्ण सदस्य राष्ट्र बन्नका लागि चाहिने मापदण्डहरूअनुसा...
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार मुद्दा दर्ता गर्न लागेको हो । लामिछानेमाथि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार सात सय जना बचतकर्ताले बचत राखेको रकम गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी पाँच जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो । सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष एवम् ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध अस्ति शुक्रवार नै मुद्दा दर्ता भइसकेको छ ।
कास्कीको पोखरामा रवि लामिछानेको समर्थनमा दिनहुँजसो प्रदर्शन भइरहेको छ । आज पनि प्रदर्शन हुने शङ्कामा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । यसअघि लामिछानेको हिरासतमा सुतेको तस्बिरसमेत सार्वजनिक भएपछि हिरासत वरपरको सुरक्षा पनि कडा बनाएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।