प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

 चैत १९, २०८१ मंगलबार १८:१६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकार, भारतीय दूतावास र विभिन्न ९ वटा पालिकाबीच प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा आज एक कार्यक्रमकाबीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र ९ वटा पालिकाबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने सम्झौतामा त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतानुसार भारत सरकारले ९ वटा पालिकामा विद्यालयका संरचना तथा स्वास्थ्य चौकी निर्माण गर्नका लागि आर्थिक सहायता प्रदान गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

पराजुलीका अनुसार सम्झौता भएका पालिकाहरूमा कैलालीको धनगढी उपमहानगरपालिका, गुल्मीको धुर्कोट गाउँपालिका, हुम्लाको चङ्खेली गाउँपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका, बझाङको जयपृथ्वी नगरपालिका, ताप्लेजुङको मिखुवाखोला गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिका रहेका छन् ।

सम्झौता कार्यान्वयन हुने हरेक आयोजनाको अधिकतम बजेट २० करोड रुपैयाँ रहनेछ । दूतावासले स्वीकृत गरिसकेपछि परियोजना लागू हुन्छ । यसअघि पनि भारत सरकारबाट विभिन्न १३ वटा परियोजनामा यसै आर्थिक वर्षमा सम्झौता भइसकेको छ ।

अन्तिम अपडेट: चैत २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया