आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख

 चैत १९, २०८१ मंगलबार १८:२६:५० | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

युरोपेली सङ्घ (ईयू) की प्रमुख उर्सुला भन डेर लेयनले आवश्यक भएमा अमेरिकी करको बदला लिने योजना ईयूसँग रहेको बताउनुभएको छ । लेयनले यो हप्ता लागू हुने अमेरिकी करहरूको ‘वार्ता समाधान’ का लागि ईयूले अझै आशा गरेको तर आवश्यक परेमा जवाफी कारबाही गर्न ‘सबै उपकरण टेबलमा रहेको’ बताउनुभएको एएफपीले जनाएको छ ।

युरोपेली संसद्को सत्रमा ईयू प्रमुख लेयनले आफूहरू वार्ताका लागि खुला रहेको तर आवश्यक परेमा बदला लिने आफूहरूको बलियो योजना रहेको बताउनुभयो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशविरुद्ध आज राति जतिसक्दो चाँडो करहरूको नयाँ समूह घोषणा गर्ने तयारी गर्नुभएको खबरमा उल्लेख छ । यसलाई उहाँले कथित अनुचित व्यापार असन्तुलनलाई सुधार गर्न ‘मुक्ति दिवस’ भन्नुभएको छ । ईयूले २७–देश ब्लकको व्यापार नीतिको नेतृत्व गर्दछ र व्यापार युद्धबाट बच्न अमेरिकासँग छलफलमा जोड दिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रामक कर रणनीतिले विश्वव्यापी व्यापार युद्धको डर बढाइरहेको छ । चीन, क्यानडा र ईयूजस्ता प्रमुख व्यापारिक साझेदारहरूको प्रतिशोधको शृङ्खला प्रतिक्रियाको जोखिम उत्पन्न गर्दैछ ।

जनवरीमा ट्रम्प सत्तामा फर्किएपछि ईयू पर्सि बिहीवारदेखि लागू हुने अटो आयातमा २५ प्रतिशत करसहित धेरै अमेरिकी कर घोषणाद्वारा प्रभावित भइसकेको छ ।

अन्तिम अपडेट: चैत २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया