कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडौं – थ्रीस्टारले शहीद स्मारक ए डिभिजन लिगमा एपीएफलाई दुई–शून्यले हराउँदै शीर्ष स्थानमा फर्किएको छ ।
सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा थ्रीस्टारको जितमा रञ्जन विष्टले दुई गोल गरे । प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टार र एपीएफले आक्रामक खेल खेलको थिए । जारी लिगमा मनाङसँग मात्र हार व्यहोरेको थ्रीस्टारले खेलको २३ औं मिनेटमा एपीएफले थ्रीस्टारविरुद्ध बनाएको मुभलाई गोलकिपर एलान न्यौपानेले बचाए । त्यसको दुई मिनेटपछि थ्रीस्टारले खेलमा अग्रता बनायो उसका लागि सुनिल बलको पासमा रञ्जन विष्टले गोल गरे ।
त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र पहिलो हाफमा थ्रीस्टार एक गोलले अगाडि रह्यो । दोस्रो हाफमा पनि दुवै टिम गोलका लागि भौतारिएका थिए । एक गोलले पछि रहेको एपीएफले थ्रीस्टारलाई केही दबाब दिए पनि गोल गर्न असफल बन्यो ।
यता थ्रीस्टारले खेलको ६६ औं मिनेटमा गोल गर्दै अन्तर दुई–शून्यमा पुर्यायो । उसका लागि रञ्जन विष्टले नै गोल गरे । जारी लिगमा उनको गोलसख्या ६ पुगेको छ । त्यसपछि ८८ औं मिनेटमा निराजन खड्काको प्रहारलाई एपीएफका गोलकिपर अमृत चौधरीले बचाए ।
त्यसपछि एपीएफ खेलमा फर्कन सकेन र थ्रीस्टारले चौथो जित हात पार्यो । जितपछि थ्रीस्टारको ५ खेलबाट १० अंक भएको छ । उसले गोल अन्तरका आधारमा मनाङलाई पछि पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।