कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडौं – युवा तथा खेलकूद मन्त्रालयले खेलकूद र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै १४ जना युवाहरुलाई सम्मान गरेको छ ।
युवा तथा खेलकूद मन्त्रालयले शुक्रबार मन्त्रालयमा एक कार्यक्रम गर्दै खेलकुद तथा पत्रकारिता क्षेत्रमा क्रियाशील १४ जनालाई पुरस्कारसहित सम्मान गरेको हो ।
मन्त्रालयले मोफसल पत्रकारितामा क्रियाशील गोरखापत्र दैनिक दाङकी सविता शर्मा, सामुदायिक सूचना नेटवर्क बाँकेका लीलाप्रकाश चन्द, जनता टेलिभिजन मकवानपुरका रामकुमार रिजाल र अनलाइनखबर बाग्लुङका विश्वास बुढाथोकीलाई युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । पुरस्कृत हुने सबैले सम्मान पत्रसहित ५० हजार नगद पनि प्राप्त गर्नु भएको छ ।
यस्तै मन्त्रालयले खेलकूद क्षेत्रतर्फ भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाईं, एथलेटिक्सका विश्वरुपा बुढा र सोमबहादुर कुमाल, भलिबलकी निताकुमारी शाह र पारा तेक्वान्दोकी रञ्जना धाँमीलाई जनही एक लाख रुपैयाँ नगदसहित खेलकुद प्रतिभा पुरस्कार प्रदान गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।