आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – सुनचाँदी व्यवसायीले अब राष्ट्र बैंकले मात्र नभई व्यवसायीलाई पनि विदेशबाट सुन आयात गर्न दिनुपर्ने माग गरेका छन् ।
मौद्रिक नीतिको तर्जुमाको लागि नेपाल राष्ट्र बैंकले गरेको अन्तरक्रियामा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले यस्तो माग गर्नुभएको हो ।
‘सुन आयात र बिक्रि वितरणमा अहिले हामीले धेरै नै समस्या भोगिरहेका छौं, व्यवसायी पनि बदनाम भैरहेका छन्, यति ठूलो अर्बौको कारोबार गर्ने उद्योगले सुनचाँदी आयात पनि गर्न पाउनुपर्छ, सुनको पैठारीमा रहेको एकाधिकार अन्त्य गरेर प्रतिष्पर्धाका आधारमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्छ र सहज निर्यात गरेर नेपाली सीपलाई विश्वबजारसम्म पु-याउन पाउनुपर्छ’, महासंघका अध्यक्ष रमेश महर्जनले भन्नुभयो, ‘त्यस्तै उपभोक्तासँग भएको सुन सहज रुपमा बजारसम्म आउनको लागि मौद्रिक नीतिले व्यवस्था गर्न सक्नुपर्छ ।’
गरगहना उद्योगलाई पनि सेवामूलक र निर्यातमूलक उद्योगले पाए जस्तो प्रोत्साहन र छुट दिन पनि महासंघले माग गरेको छ ।