कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा फर्किएको छ ।
मनाङ लगातार ५ खेल जित्दै १५ अंकका साथ शीर्ष स्थानमा फर्किएको हो । शुक्रबार थ्री स्टार विजयी हुँदै गोल अन्तरका आधारमा शीर्ष स्थानमा फर्किएको थियो । तर मनाङले पाँचौ चरणको खेलसम्म आफूलाई अपराजित राख्दै शीर्ष स्थानमा उक्लिएको हो ।
एपीएफ मैदान हलचोकमा शनिबार भएको दोस्रो खेलमा मनाङले सातौ स्थानको सरस्वती युवा क्लबमाथि २–० को जित निकाल्न सफल भयो । पहिलो हाफमा आधा दर्जन प्रहार विफल हुँदा अग्रता लिन असफल देखिएको मनाङले सबै गोल दोस्रो हाफमा गरेको हो । मनाङको जितमा अन्जन विष्ट र अफिज वलावालेले एक एक गोल गर ।
खेल शुरु भएको छैटौं मिनेटमा अफिज वलावालेको उत्कृष्ट प्रहार बाहिरिएको थियो । सातौ मिनेटमा मनाङले फ्रि कीक पाए पनि सदुपयोग गर्न सकेन । १० औं मिनेटमा वलावालेको प्रयास फेरि विफल भएको थियो ।
सरस्वतीमाथि लगातार मुभ बनाएको मनाङले गोल गर्न भने असफल भयो । १८औं मिनेटमा अन्जन विष्टले दिएको पासलाई वलावालेले कलेक्ट गर्न सकेनन् । ४२ औं मिनेटमा मनाङका कमल श्रेष्ठले पनि मौकाको सदुपयोग गर्न नसक्दा पहिलो हाफमा मनाङले अग्रता लिने मौका गुमाएको थियोे ।
पहिलो हाफमा गोल सम्भव नभएपनि ५५ औं मिनेटमा अन्जन विष्टले उत्कृष्ट बल प्रहार गर्दै गोलमा परिणत गरे पछि मनाङले अग्रता लिन सफल भएको थियो ।
६८औं मिनेटमा आफिज वलावालेले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । त्यसपछि लगातार सरस्वतीमाथि दबाब बनाए पनि मनाङले थप गोल नगरे पनि अन्ततः २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।