रोब्बेन र रिबरीले सन्यास लिने

 मंसिर १७, २०७५ सोमबार १०:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

बायर्न म्युनिकका दुई महत्वपूर्ण भेट्रान आर्यन रोब्बेन र फ्राङ्क रिबरीले सन्यास लिने भएका छन् । जर्मन क्लब बायर्नका अध्यक्ष उली होइनेसले यो कुरा बताएका हुन् ।

३५ वर्षे फ्रेन्च खेलाडी रिवरी सन् २००७ देखि लगातार बायर्न म्युनिकमा छन् भने नेदरल्याण्ड्सका रोब्बेन सन् २००९ मा म्युनिक आएका थिए ।

दुई खेलाडीले क्लबलाई महत्वपूर्ण योगदान दिएको क्लबका अध्यक्ष होइनेसले बताए । यी दुई खेलाडी आबद्ध भएपछि बार्यनले लगातार ६ पटक बुन्डेस लिगाको उपाधि जितेको थियो भने सन् २०१३ को च्याम्पियन्स लिग पनि म्युनिक भित्राउन सफल भएको थियो ।

अध्यक्ष होइनेसले दुबै खेलाडीको यो सिजन अन्तिम सिजन हुने प्रतिक्रिया दिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया