कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
वेस्टइन्डिजका क्रिकेटर क्रिस गेलले महिला उत्पीडनसम्बन्धी मानहानी मुद्दामा सफाइ पाएका छन् ।
अष्ट्रेलिया अदालतले गेलको पक्षमा फैसला गर्दै उनलाई आरोप लगाउने त्यहाँको फेयरफ्याक्स मिडियालाई ३ लाख डलर क्षतिपूर्ति दिन पनि आदेश दिएको छ ।
उक्त मिडियाले सन् २०१५ मा एक महिलालाई उदृत गर्दै २०१५ को विश्वकपका बेला सिड्नीमा मालिशिया नामकी महिलाअगाडि कपडा खोलेको आरोप लगाएको थियो । तत्कालिन समयमा सञ्चारमाध्यमहरुमा गेलका विषयमा विभिन्न टिप्पणीहरु भए पनि उनले सधैं उक्त घटनामा आफू संलग्न नभएको बताउँदै आएका थिए ।
धेरै नै टिप्पणी भएपछि उनले फेयर फ्याक्स मिडियालाई विपक्षी बनाएर अदालतमा २०१६ मा मुद्दा दर्ता गरेको थिए । २०१७ को अक्टोबरमा न्यायाधीशसमक्ष आरोप लगाउने पत्रकारले सवुत प्रमाण पेश गर्न सकेका थिएनन् ।
त्यतिबेला न्यू साउथ वेल्सको सर्वोच्च अदालतका न्यायाधीश लूसी मैकमेलमले गेल उक्त समाचारबाट धेरै आहत भएको बताएका थिए ।
सोमबार अदालतले अन्तिम फैसला गर्दै गेललाई ३ लाख डलर क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको हो । साथै फैसलामा फेयरफ्याक्स मिडियाले क्रिकेट जगतका हस्तीहरुका साथै समर्थकका बीचमा पनि गेललाई बद्नाम गर्न खोजेकाले क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख गरिएको छ ।
तर फेयरफ्याक्स मिडियाले सोमबार आएको फैसलाको पुनरावेदन गर्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।