कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
क्रोयसियाका मिडफिल्डर लुका मोड्रिचले बालाेन डी अाेरको उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत बनेका मड्रिचले फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै उपाधि जितेका हुन् । यसका साथै रोनाल्डो र मेसीको पछिल्लो एक दशकदेखिको राजलाई पनि मोड्रिचले तोडेका छन् ।
विश्वकपमा आफ्नो देशलाई फाइनलसम्म पुर्याउनुका साथै रियल मोड्रिचले च्याम्पियन्स लिगको उपाधि दिलाउँदा महत्वपूर्ण योगदान दिएका ३३ वर्षीय मड्रिच सन् २००७ पछि रोनाल्डो र मेसी बाहेक यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । करियरमा पहिलो पटक बालाेन डी अाेरको उपाधि जितेका मोड्रिचभन्दा अगाडी सन् २००७ मा ब्रजिलियन खेलाडी काकाले यो उपाधि उचालेका थिए । त्यसपछि लगातार १० वर्ष मेस्सी र रोनाल्डोले उपाधिमा कब्जा जमाए ।
मोड्रिचपछि यसपटक रोनाल्डो दोस्रो स्थानमा रहे भने तेस्रो स्थानमा एन्टोइन ग्रिजम्यान र चौथो स्थानमा केलियन एम्बाप्पे रहे । मेस्सी यसपटक पाँचौ स्थानमा रहे । मोड्रिचले कुल सात सय ५३ अंक पाए भने रोनाल्डोले चार सय ७६ र ग्रिजम्यानले चार सय १४ अंक प्राप्त गरेका थिए ।
अवार्ड जितेपछि मोड्रिचले रोनाल्डो र मेसी उत्कृष्ट खेलाडी भएको प्रतिक्रिया दिएका थिए । यस्तै पहिलो पटक महिला विधाको उपाधि नर्वेकी स्ट्राइकर एडा हेगरबर्गले जितिन् । यसैवर्ष देखि यो विधामा महिला तर्फको अवार्ड पनि रोखिएको थियो । कोपा ट्रफि अवार्ड केलीयन एम्बाप्पेले हात पारे । अहिलेसम्म यो अवार्ड रोनाल्डोले ५ पटक र मेस्सीले पनि पाँच पटक जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।