पाठेघर प्रत्यारोपण गरेकी महिलाले स्वस्थ बालिकालाई जन्म दिइन्

 मंसिर १९, २०७५ बुधबार १२:९:१४ | एजेन्सी
unn.prixa.net

ब्राजिलमा मेरेको व्यक्तिको पाठेघर प्रत्यारोपण गरेकी महिलाले स्वस्थ बालिकालाई जन्म दिएकी छिन् ।

साओपाउलोमा पाठेघर बिना नै जन्मिएकी महिलाको सन् २०१६ मा पाठेघर प्रत्यारोपण गरिएको थियो । १० घण्टा लगाएर प्रत्यारोपण गरिएको ३२ वर्षकी ति महिलाले उपचारपछि स्वस्थ शिशुलाई जन्म दिएकी बीबीसीले जनाएको छ । 

३९ जना महिलामा पाठेघर प्रत्यारोपण गरेर ११ शिशु जन्मने अनुमान गरिएको थियो । तर अघिल्लो १० वटा प्रत्यारोपण असफल भएको थियो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया