पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिविरुद्धको आन्दोलनले रोक्यो फ्रेन्च लिग

 मंसिर २२, २०७५ शनिबार १०:१५:१३ | एजेन्सी
unn.prixa.net

फ्रान्समा जारी पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिविरुद्धको आन्दोलनका कारण फ्रेन्च लिगका केही खेलहरु स्थगित भएका छन् ।

लिग अन्तर्गत शुक्रबार तय भएको मोनाको र नाइसबीचको खेल स्थगित भएको थियो । यसै साता पेरिसमा हुने तय भएका पीएसजी र मोन्टपेलियरबीचको खेल स्थगित भएको छ भने लियोनमा शनिबार हुने तय भएको ओलम्पिक लियोन र टोलसेबीचको खेल पनि स्थगित भएको छ । 

यस्तै एंगर्स र बोर्डक्स, निम्स र नान्टेस तथा सेन्ट इटिनबीचको खेल पनि नहुने भएको छ । 

पछिल्लो तीन सातायता पेट्रोलियम पद्धार्थमा कर वृद्धि गरेको भन्दै फ्रान्सको पेरिसलगायतका स्थानमा सुरु भएको आन्दोलन अझसम्म पनि जारी छ । 

आन्दोलनमा संलग्न चारसय भन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलन हिंसात्मक बन्दै गएको छ । आन्दोलनमा तीन जनाको ज्यान गइसकेको छ भने सयौँको संख्यामा घाइते भएका छन् । 
 

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया