कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
शहीद स्मारक ए डिभिजन लिगमा आजबाट सातौं चरणका खेलहरु सुरु भएका छन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालय शेर्पाले एक एक गोलको बराबरीमा चित्त बुझाएका छन्।
हलचोकमा रहेकाे सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा पुलिसले हिमालयन शेर्पाविरुद्ध सुरुवातदेखि नै पकड बनाएको पुलिसले ३१ औं मिनेटमा अग्रता बनायो । उसका लागि भरत शाहले गोल गर्न सफल भए । उनले तेज तामाङको पासको सदुपयोग गरेका थिए ।
एक गोलले पछि परेको हिमालयन शेर्पाले खेलको इन्जुरी समयको अन्तिममा गोलको राम्रो मौका पाएपछि सफल भएन ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले दोस्रो हाफमा पनि निकै राम्रा मौकाहरु पाएको थियो । ५१ औं मिनेटमा पुलिसले गरेको प्रहारले सही दिशा लिन नसक्दा अग्रता दोब्बर गर्ने मौका गुमायो । ६७ औं मिनेटमा पुलिसका रवी पासवानको प्रहार हिमालयनका किशोर गिरीले बचाए ।
एक गोलले पछि परेको शेर्पाले ७० औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । रवी मगरले मिलाएको बललाई विश्वास श्रेष्ठले उत्कृष्ट गोल गर्दै टिमका लागि गोल गरे । ८० औं मिनेटमा पुलिसले अर्को मौका पाएको थियो । जसमा भरत शाह चुक्न पुगे । ८४ औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी वाम्बाले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र पुलिसले लिगमा दोस्रो पटक अंक बाढ्न बाध्य भयो । बराबरीपछि पुलिसले सात खेलबाट ११ अंक बनाएको छ भने शेर्पाको पनि समान ११ अंक नै भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।