कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गत आइतबार २ वटा खेल हुने भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार बिहान ९ बजे हुने पहिलो खेलमा चितवन टाइगर्स र ललितपुर प्याट्रियोस खेल्नेछन् ।
ललितपुरको यो दोस्रो खेल हो भने चितवन पहिलो खेल खेल्दै छ । उद्घाटन खेलमा विराटनगरसँग ललितपुर ३ विकेटले पराजित भएको थियो । चितवन पृथु बास्कोटाको कप्तानीमा मैदान उत्रँदा ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लको हातमा छ । लामो समयदेखि क्रिज बाहिर रहेका पृथुको प्रदर्शनमा नेपाली क्रिकेट समर्थकको ध्यान केन्द्रित हुने छ ।
यसैगरी दिउँसो १ बजे भैरहवा ग्लाडियर्टस र पोखरा राइनोज पनि आमने सामने हुनेछन् । पोखरा राइनोजमा शक्ति गौचन मार्की खेलाडी रहेका छन् । यही ईपीएलबाट सन्यास लिने घोषणा शक्तिले गरेकाले पनि उनको प्रदर्शन हेर्न लायक हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।