कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
स्पेनिस ला लिगामा सेभिया भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएपछि सेभिया शीर्ष स्थानको बार्सिलोनाभन्दा तीन अंकले पछि परेको छ ।
सेभियाले दोस्रो हाफको १० मिनेटमै गोल गरेपछि इन्ज्युरी समयमा भ्यालेन्सियाले गोल फर्काएपछि अंक बाँढ्न पर्याे । पहिलो हाफ गोलरहित बनेको खेलको ५५औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । अग्रता नियमित समयसम्म कायम रहे पनि इन्ज्युरी समयको दोस्रो मिनेटमा मुख्टार डियाखाबाईले भ्यालेन्सियाका लागि गोल गरेपछि खेल बराबरीमा सकियो ।
बराबरीपछि सेभियाले २८ अंक बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाको ३१ अंक छ । भ्यालेन्सिया भने १८ अंक जोड्दै १३औं स्थानमा छ । एट्लेटिको मड्रिडले भने डिपोर्टिभो एलभेसलाई ३–० ले हरायो । घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउनका लागि निकोला कालिनिच, एन्ट्वान्ट ग्रिजम्यान र रोद्री हर्नाण्डेजले एक–एक गोल गरे । कालिनिचले २५औं मिनेटमा एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
८२औं मिनेटमा ग्रिजम्यानले मैदानको मध्य भागबाट एक्लैले बल अघि लैजाँदै गरेको प्रहार पोलमा लागेको थियो । तर सो बललाई ग्रिजम्यान आफैले गोल गरे । ८७औं मिनेटमा हर्नाण्डेजले रिबाउण्ड बलमा गोल गर्दै एट्लेटिकोलाई ३–० को जित दिलाए । जितसँगै एट्लेटिकोले पनि तालिकामा २८ अंक बनाएको छ । गोल अन्तरमा सेभियाभन्दा पछि पर्दै एट्लेटिको तेस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।