कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम आर्मीले ब्रिगेड ब्याइजमाथि एक शून्यको कठिन जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले खेलको सुरुवातदेखि नै आक्रामक खेल खेलेको थियो । त्यसो त खेलको १५ औं मिनेटमा ब्रिगेड ब्वाइजले गरेको सशक्त प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाए ।
टिमका मुख्य खेलाडी नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की विना नै लिग खेलिरहेको आर्मीले ३६ औं मिनेटमा गरेको उत्कृष्ट प्रहारलाई ब्रिगेड ब्याइजको डिफेन्सले क्लियर गर्याे । ३९ औं मिनेटमा टेकबहादुर बुढाथोकीको हेडर पोष्ट नजिकैबाट बाहिरियो । ४० औं मिनेटमा ब्रिगेड ब्वाइजले गरेको पोष्ट चार्जलाई विकेशले नै बचाए ।
त्यसपछि दुवै टिमबाट गोल भएन र आर्मी पहिलो हाफमा बराबरीमा रोकियो । तर दोस्रो हाफमा आर्मी निकै आक्रामक रुपमा प्रस्तुत भयो । ५० औं मिनेटमा टेकबहादुर बुढाथोकीको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपरले बचाए । ५८ औं मिनेटमा भरत खवासले पाएको सुन्दर मौका ब्रिगेड ब्वाइजको डिफेन्सले क्लियर गर्याे ।
तर ६६ औं मिनेटमा आर्मीले खेलमा अग्रता बनायो । उसका लागि टंकबहादुर बस्नेतले सन्तोष तामाङको क्रसमा गोल गरे । त्यसपछि अरु गोल नहुँदा आर्मीले एक शून्यको कठिन जित निकाल्यो जितसँगै आर्मीले सात खेलबाट १७ अंक बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।