कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा अपराजित रहेका मनाङ र त्रिभुवन आर्मीले आ-आफ्ना प्रतिद्वन्द्वीविरुद्ध कठिन जित निकालेका छन् ।
जितसँगै मनाङ मर्स्याङ्दी फुटबल क्लबले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सफल भएको छ । दोस्रो स्थानमा रहेको थ्री स्टारको १८ अंक हुँदा शीर्ष स्थानको मनाङको २१ अंक छ ।
एन्फा मैदान ललितपुरमा सोमबार भएको दोस्रो खेलमा कमजोर मछिन्द्र विरुद्ध १–० को कठिन जित निकालेको हो । पहिलो हाफमा दुवै टिमले गोल रहित बराबरी खेलेका थिए ।
मनाङलाई गोल गर्न ८५ औं मिनेट कुर्नु परेको थियो । मनाङका लागि अफिज ओलाआलेले गोल गरेका थिए । ५९ औं मिनेटमा डोना थापालाई रिप्लेस गर्दै मैदान प्रबेश गरेका ओलाआलेको गोलले नै मनाङलाई स्पष्ट तीन अंक दिलायो । मछिन्द्रविरुद्ध आक्रामक फुटबल खेलेको मनाङले गरेका आधा दर्जन प्रहार किपरले बचाएका थिए ।
यस्तै सोमबार नै भएको पहिलो खेलमा पनि अपराजित त्रिभुवन आर्मीले ब्रिगेड ब्वाईजमाथि १–० कै जित निकाल्न सफल भयो ।
खेलको १५ औं मिनेटमा ब्रिगेड ब्वाइजले गरेको सशक्त प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए । टिमका मुख्य खेलाडी नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की विना नै लिग खेलिरहेको आर्मीले ३६ औं मिनेटमा गरेको उत्कृष्ट प्रहारलाई ब्रिगेड ब्वाइजको डिफेन्सले क्लियर गरेको थियो ।
३९ औं मिनेटमा टेकबहादुर बुढाथोकीको हेड पोष्ट नजिकैबाट बाहिरीयो । ४० औं मिनेटमा ब्रिगेड ब्वाइजले गरेको पोष्ट चार्जलाई विकेशले नै बचाएका थिए ।
त्यसपछि दुबै टिमबाट गोल भएन र आर्मी पहिलो हाफमा बराबरीमा रोकियो । तर दोस्रो हाफमा आर्मी निकै आक्रामक रुपमा प्रस्तुत भयो । ५० औं मिनेटमा टेकबहादुर बुढाथोकीको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपरले बचाएका थिए ।
५८ औं मिनेटमा भरत खवासले पाएको सुन्दर मौका ब्रिगेड ब्वाइजको डिफेन्सले क्लियर गर्यो । तर ६६ औं मिनेटमा आर्मीले खेलमा अग्रता बनायो । उसका लागि टंकबहादुर बस्नेतले सन्तोष तामाङको क्रसमा गोल गरेका थिए ।
त्यसपछि अरु गोल नहुँदा आर्मीले एक शून्यको कठिन जित निकाल्यो । जितसँगै आर्मीले सात खेलबाट १७ अंक बनाएको छ । तालिकामा आर्मी चौथो स्थानमा छ । सोमबारको खेलसँगै लिगमा सातौं चरणको खेल सकिएको छ । अब आठौं चरणको खेल बिहीबारदेखि सुरुहुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।