कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - पल्सर सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती क्लबले एनआरटीविरुद्ध एक शून्यको जित निकाल्न सफल भएकाे छ ।
सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा सरस्वती एनआरटी माथि हावी भएपछि गोल गर्न भने निकै समय लगायो । खेलको नौ मिनेटमा नै सरस्वतीको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । २५ औंं मिनेटमा सरस्वतीका स्ट्राइकर ओलुसुला इब्राहिमको प्रहारलाई एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा फेरि सरस्वतीको प्रहारलाई एनआरटीले मुस्किलले बचायो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको सरस्वतीले दोस्रो हाफको सुरुमा नै अर्को प्रयास गरेको थियो । तर गोलकिपर अजित नै बाधा बने ।
७२ औंं मिनेटमा सरस्वतीले पेनाल्टीको अवसर पायो । डिबक्समा सरस्वतीका खेलाडीले हातले बल छोएपछि पाएको पेनाल्टीलाई भिक्टरले गोलमा परिणत गरे ।
एक गोलले अगाडि रहेको सरस्वतीले ८० औंं मिनेटमा अर्को अवसर पाए पनि भिक्टर नै चुक्न पुगे । ८४ औं मिनेटमा एनआरटी १० खेलाडीमा झर्यो । उसका विदेशी खेलाडी फ्रान्सिस दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसको फाइदा सरस्वतीले लिन सकेन र भिक्टरको एकमात्र गोल निर्णायक बन्यो ।
जितसँगै सरस्वतीले आठ खेलबाट नौ अंक बनाएको छ । उसले अहिलेसम्म आठ खेलमा तीन जित र पाँच हार ब्यहोरेको छ । यता एनआरटीको यो सातौं हार हो । उसको अंक तालिकामा अहिलेसम्म मात्र एक अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
prem bahadur ramja
Dec. 13, 2018, 1:32 p.m.यो सिजन सबैभन्दा बढी अभागी किपर अजित प्रजापति नै हुन् ?