रमेश पवारकाे करार समाप्त, नयाँ प्रशिक्षक छान्ने जिम्मा कपिल देवलार्इ

 मंसिर २७, २०७५ बिहीबार २०:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

महिला टी–२० विश्वकपमा इंग्ल्याण्डसँग भारत पराजित भएपछि मिताली राजका कारण सुरु भएको विवाद अझै साम्य भएको छैन ।

सेमिफाइनलमा प्रशिक्षक रमेश पवारले टिममा नराखेपछि उनले आफ्नो करियर बिगार्न खोजेको र प्रशिक्षककै कारण भारत पराजित भएको अभिव्यक्ति दिएकी थिइन् । विवादकाबीच गएकाे डिसेम्बर १ तारिखदेखि प्रशिक्षक  पवारको करार अवधि  सकिएको थियो ।

विश्वकप अघि पवारकै करार थप गर्ने योजना बनाएको बीसीसीआईले पछिल्ला दिनका विवादले करार थप गर्न सकेन । करार थप नभएपछि अहिले भारतीय महिला टिमका लागि नयाँ प्रशिक्षक खोज्नु परेको छ । नयाँ प्रशिक्षक छान्नका लागि २० डिसेम्बरमा अन्तर्वार्ताको मिति तोकिएको छ ।

अन्तर्वार्ता लिने जिम्मेवारीका लागि पूर्व क्रिकेटर कपिल देबको नेतृत्वमा तीन सदस्यीय समिति नै बनाइएको छ । समितिमा अंशुमन गायकवाड र पूर्व महिला खेलाडी शान्ता रंगास्वामी रहेका छन् ।  

मिताली राजले प्रशिक्षक पवारलाई हटाउन अपिल गर्दै बीसीसीआईमा पत्र लेखेपछि कप्तान हरमनप्रीत र उपकप्तान स्मृति मान्धानाले उनलाई प्रशिक्षक बनाउन पत्र लेखेका थिए ।

पत्रमा भारतीय पुरुष टिमको कुरा उल्लेख गर्दै कप्तान विराट कोहलीको आग्रहमा अनिल कुम्बलेलाई हटाएर  रवि शास्त्रीलाई प्रशिक्षक बनाउन सकिन्छ भने हरमनप्रीतको आग्रहमा पवारलाई किन प्रशिक्षक नबनाउने उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया