कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
अफ्रिकी वर्ष खेलाडीको अवार्ड लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले जितेका छन् ।
लगातार दोस्रो वर्ष यो अवार्ड जितेका उनले मिधी बेनाटीया, कालीडो कोउलीवालील र साडियो माने तथा थोमस पार्टेलाई पछि पारे । गएको सिजन ५२ खेलमा ४४ गोल गरेका सलाह प्रिमियर लिगको वर्ष खेलाडी पनि बनेका थिए ।
सलाको महत्वपूर्ण प्रदर्शनका कारण गएको सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो ।
यसका साथै उनले देशलाई विश्वकपमा पुर्याउन पनि महत्वपूर्ण योगदान गरेका थिए । सलाह लगातार दोस्रो पटक यो अवार्ड जित्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि नाइजेरीयाका जे जे ओकोचाले यो अवार्ड जितेका थिए । यो अवार्डका लागि आयोजकले कुल ६ लाख ५० हजार भोट पाएका थिए ।
लिभरपुलमा आएपछि सलाहको करियर निकै उचाइमा पुगेको छ । पहिलो सिजनमा नै उनले २४ खेलमा १९ गोल गरेका थिए । सन् २००१ बाट सुरु भएको अफ्रिकन वर्ष खेलाडीको अवार्ड अहिलेसम्म १५ खेलाडीले जितिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।