कारागारमा पनि विश्वकपको चहलपहल

 जेठ ३१, २०७५ बिहिबार १८:५८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – रुसमा बिहीबारबाट सुरु हुने विश्वकप फुटबलले विश्व तताइरहँदा सिन्धुपाल्चोक कारगारमा कैदी बन्दीलाई पनि विश्वकपको गर्मीले उत्तिकै छोएको छ ।

यसै कुरालाइ मध्यनजर गर्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले कारगारमा रहेका कैदी बन्दीलाई टेलिभिजन सेट प्रदान गरेको छ ।

विहीबारदेखि रुसमा हुने विश्वकपलाई मध्यनजर गरेर ३२ इन्चको एलईडी टेलिभिजन प्रदान गरेको कारागार व्यवस्था विभाग चौताराका प्रमुख नवराज सेनले जानकारी दिनुभयो ।  

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ्ग र निमित्त समन्वय अधिकारी युग बहादुर खड्काले एक कार्यक्रमकाबीच टेलिभिजन सेट प्रदान गर्नुभएको हो । 

जिल्ला समन्वय समितिको स्टोरमा मौज्दात रहेको टेलिभिजन सेट कारगारलाई प्रदान गरिएको जिल्ला समन्वय समितिका प्रमुख तामाङ्गले बताउनुभएको छ ।

कारगार प्रमुख नवराज सेनका अनुसार हाल जिल्लामा १०० जनाको क्षमता भएको कारगार भएपनि कैदी बन्दी भने ७६ जनामात्र रहेका छन् । 

सुचनाको हक हरेक नागरिकको नैसर्गिक अधिकार भएको र सूचना नपाउनु भनेको मानव अधिकार हनन हुनु भएकाले कैदीबन्दीले सूचना पाउन् भन्ने उदेश्यले टेलिभिजन सेट प्रदान गरेको प्रमुख तामाङ्गले बताउनुभएको छ ।

साथै टेलिभिजनको कारागार विभागले संरक्षण गर्ने र त्यसो नभएको खण्डमा जनप्रतिनिधि आफैंले पनि व्यवस्थापनमा सहयोग गर्ने प्रमुख तामाङ्गले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया