कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
ललितपुर प्याट्रियट्स एभरेष्ट प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ ।
भैरहवा ग्लाडियटर्सलाई ६ विकेटले हराउँदै ललितपुरले क्वालिफायर्सको यात्रा पक्का गरेको हो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १९ ओभरमा मात्र ९२ रनमा अलआउट भयो । खराव सुरुवात गरेको भैरहवाले ४० रन बनाउँदा चार विकेट खेर फाल्यो । रवीइन्दर २५ रनमा पेभेलियन फर्किए भने शरद मात्र एक रनमा आउट हुन पुगे ।
त्यसपछि क्रिजमा आएका आरिफ शेख पनि चार रनमा आउट भएपछि भैरहवाले ४९ रनमा पाँचौ विकेट गुमायो । उसका रोहितकुमार पौडेल सात रनमा आउट भए भने कृष्ण कार्की चार तथा कुशल मल्ल तीन-तीन रनमा पेभेलियन फर्किए ।
भैरहवालाई कम स्कोरमा रोक्न सन्नी पटेलले ५ तथा रासिद खान र योगेन्द्रसिंह कार्कीले दुई दुई विकेट लिए ।
जवाफमा ललितपुरले १४ ओभर २ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । १० रन हुँदा पहिलो विकेट गुमाएको उसले १५ रनमा दोस्रो विकेट खेर फाल्यो । ओपनर गौरव तमोर नौ र कप्तान ज्ञानेन्द्र मल्ल मात्र चार रनमा पेभेलियन फर्किए ।
ललितपुरका पवन सर्राफले २५ रनको योगदान गरे भने जयकिशन कोल्सावालाले २२ तथा सन्दिप जोराले १८ रन बनाएपछि उसले सहज जित निकाल्न सफल भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।