काठमाडौं किंग्सले विराटनरलाई हरायो, विराटनगरको हारले चितवन प्लेअफमा

 पुष २, २०७५ सोमबार १६:१५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्स काठमाडौं किंग्ससँग पराजित भएको छ । विराटनगरको हारले चितवन टाइगर्स प्लेअफमा पुगेको छ ।

लिगको अन्तिम खेलमा विराटनगर काठमाडौंसँग ५ विकेटले पराजित भयो । हारसँगै विरानगर वारियर्स लिग चरणबाटै बाहिरिएको छ । 

कीर्तिपुर क्रिकेट मेदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७ ओभर ५ बलमा १०० रनमा अलआउट भयो । ११ रनमा पहिलो विकेट गुमाएको उसले ४४ रन बनाउँदा ४ विकेट  खेर फाल्यो । अनिल साह ६ रनमा आउट भए भने बाबर हायात ११ रनमा पेभेलियन फर्किए ।

त्यसपछि कप्तान पारस खड्का पनि २१ रनमा आउट हुन पुगे । विराटनगरका खेलाडी क्रिजमा धेरै बेर टिक्न सकेनन् । उसले ९३ रन बनाउदा ७ विकेट खेर फाल्यो । सुमित महर्जन २५ रनमा आउट भए भने प्रनिल थापा मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि पनि उसका कुनै खेलाडीले राम्रो साझेदारी गर्न सकेन र सय रनमा अलआउट भयो ।

काठमाडौंका लागि बलिङमा केभिन ओब्राइनले तीन तथा प्रविन साहु र विक्रम भुषालले दुई–दुई विकेट लिए ।

जवाफमा काठमाडौंले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । २४ रन बनाउँदा तीन विकेट गुमाएको काठमाडाैंका रोहन मुस्तफाले खाता खोल्न सकेनन् भने सागर पुन पनि १० रनमा आउट भए । अमित श्रेष्ठ १४ रनमा पेभेलियन फर्किँदा नरेश बुढाऐर मात्र सात रनमा बाहिरिए । 

काठमाडौंको जितमा केभिन ओब्राइन र प्रविन साहुले अर्धशतकीय साझेदारी गरे । विराटनगरको हारले रनरेटमा अगाडि रहँदै चितवन प्लेअफमा पुगेको छ । 

अब प्रतियोगिताको फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं तथा इलिमिनेटर राउण्डमा भैरहवा र चितवन खेल्ने भएका छन् ।
 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया