कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
तेह्रथुम – तेह्रथुमकै सर्वाधिक राशीको भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगितामा संखुवासभा फुटबल संघको विजयी यात्रा सुरु भएको छ ।
संखुवासभाले सोमबार म्याङलुङ नगरपालिका–२, मा रहेको मैदानमा भएको खेलमा आयोजक तेह्रथुमलाई ३–२ गोलले पराजित गरेको हो ।
आयोजकका लागि खेल सुरुवात भएको ७ औँ मिनेटमा सन्तोष लिम्बू र १६ औँ मिनेटमा विमल गुरुङले गोल गर्दै २–० को अग्रता बनाएका थिए । तर त्यसलाई आयोजकले कायम राख्न सकेन । संखुवासभाका लागि जोयल लिम्बूले पहिलो हाफको ४१ औँ र दोश्रो हाफको ८ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । बराबरीपछि खेल अझै रोचक बनेको थियो । संखुवासभाका लागि दिपक चौहानले ७२ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
भगिमानसिंह तुम्बाहाम्फे स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा प्रदेश नं. १ का १० जिल्लाका एक–एक टिम सहभागी छन् । प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार पाँचथर र मोरङ तथा ताप्लेजुङ र इलामबीच प्रतिस्पर्धा हुनेछ । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता पौष ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनका लागि २८ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।