कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जोसे मोउरिन्होको स्थानमा नर्वेजियन प्रशिक्षक ओलेई गुनर सोल्सायरलाई नियुक्त गरेको छ ।
यो सिजनका अन्तिमसम्म गुनरलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी समेत रहेका गुनर वर्ल्ड ट्राफोर्डमा आउने भनेर चौतर्फी हल्ला भइसकेको थियो । तर क्लबले भने आधिकारीक रुपमा बताएको थिएन ।
क्लबले गुनरलाई प्रशिक्षकको जिम्मवारी दिएको मंगलबार साँझ मात्र जानकारी गराएको छ । गुनरले सन् १९९६ देखि २००७ सम्म म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए । उनले तत्काल नै क्लबलाई सम्हाल्ने भएका छन् ।
उनले क्लबका पूर्व खेलाडी माइकल क्यारिक र किरन म्याकीनासँग मिलेर काम गर्नेछन् । क्लबको प्रशिक्षकमा नियुक्त भएपछि गुनरले युनाइटेड आफ्नो मुटुमा रहेको र आफूलाई प्रशिक्षकको मौका दिएकोमा निकै खुशी भएको बताएका छन् ।
म्यानचेस्टर युनाइटेडका लेजेन्ड खेलाडीमा पर्ने गुनरले १९९९ मा च्याम्पियन्स लिगको उपाधि दिलाउदा सब्सिच्यूट खेलाडीका रुपमा मैदानमा प्रवेश गरेर गोल गरेका थिए । उनी क्लबमा हुँदा युनाइटेडले ६ वटा प्रिमियर लिग, २ एफ ए कपको उपाधि जितेका थिए ।
नर्वेको राष्ट्रिय टिमबाट उनले ६७ क्याप जितेका थिए । जसमा उनले १९९८ को विश्वकप र २००० को युरोपियन च्याम्पियनसिप खेलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।