झापा भगिमानसिंह स्मृति फुटबल कपको क्वार्टरफाइनलमा प्रवेश

 पुष ४, २०७५ बुधबार १८:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम –  तेह्रथुममा जारी भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत सुनसरीलाई हराउँदै झापा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

म्याङलुङ नगरपालिका–२, मा रहेको मैदानमा भएको खेलमा झापाले सुनसरीलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गरेको हो । जितसँगै झापा प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा झापाका लागि सुरज कार्की, सन्जित राई, शक्ति राई, नानी लिम्बू र गणेश हेन्जनले गोल गरे । सुनसरीका लागि रमेश राजवंशी, उमेश राई र सुशान्त तामाङले गोल गरे । 

सुनसरीका मनिष राईको प्रहार गोल हुन नसक्दा झापा अघिल्लो चरणमा प्रवेश गर्‍यो । प्रतियोगितामा बिहीबार क्वार्टरफाइनल चरणका दुई खेल हुँदैछन् । बिहान ११ बजे संखुवासभा र उदयपुर तथा २ बजे झापा र धनकुटाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रदेश नं. १ का १० जिल्लाका एक–एक टिम सहभागी छन् । प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता सञ्चालनका लागि २८ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ । 
 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया