आर्सनलका समर्थकद्वारा टोटनह्यामका स्ट्राइकर डेले अल्लीमाथि बोतल प्रहार

 पुष ५, २०७५ बिहीबार ८:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

लिग कपको क्वार्टरफाइनलका क्रममा आर्सनलका समर्थकले टोटनह्यामका स्ट्राइकर डेले अल्लीमाथि बोतल प्रहार गरेका छन् ।

आर्सनलले थ्रो इन गर्ने समयमा टचलाइन नजिक रहेका अल्लीतर्फ आर्सनल समर्थकले प्लाटिकको बोतल फालेका थिए । इमिरेट्स स्टेडियममा ७३औं मिनेटको खेल जारी रहँदा उनीमाथि बोतल प्रहार भएपछि अल्लीले घरेलु फ्यानतर्फ २–० भइसकेको इसारा गरेका थिए । 

टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले घटनापछि भने, ‘अन्य देशमा भए समर्थकलाई खेलमा प्रतिबन्ध लगाइन्थ्यो ।’ ‘भाग्यबस यसले कुनै ठूलो समस्या खडा गरेन । यस्ता घटनालाई निरुत्साहित गर्न मैदान आउने सबै होसियार हुनु पर्छ,’ पोचेटिन्होले थपे । 

यो घटनामा संलग्न ब्यक्ति पत्ता लगाउन सीसीटीभी परीक्षण भइरहेको आर्सनलले जनाएको छ । पछिल्लो केही दिन यता इंग्लिस फुटबलमा फ्यानहरुको यस्ता अराजक कार्य भइरहेको छ ।

दुई साताअघि यसै मैदानमा यिनै दुई क्लबवीचको खेलमा आर्सनलका स्ट्राइकर पियरे एमरिक अबामेयाङमाथि केराको बोक्रा प्रहार गरिएको थियो । जसका कारण अभेरोफ पान्टेली नाम गरेका टोटनह्यामका समर्थकलाई सात सय पाउण्ड जरिवाना गराउनुका साथै चार वर्ष फुटबल हेर्नबाट प्रतिबन्ध लगाइएको थियो ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया