दशैँ र तिहारमा स्याङ्जाका एउटै किसानले बेचे ५ लाख रुपैयाँका...
कात्तिक २२, २०८१ बिहिबार
भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईविरुद्ध क्षतिपूर्तिका लागि दिएको निवेदनलाई आईसीसीले अस्वीकार गरेपछि पाकिस्तान क्रिकेट बोर्डले बीसीसीआईलाई उल्टो क्षतिपूर्ति तिर्नु पर्ने भएको छ ।
सन् २०१४ र २०१५ मा हुनुपर्ने दुई पक्षीय सिरिज नभएको भन्दै अघिल्लो महिना पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले आईसीसीको विवाद समाधान समिति (डिआरसी)मा निवेदन दिएको थियो । जसमा पीसीबीले ६ करोड तीस लाखको क्षतिपूर्ति दाबी गरेको थियो । यसको कानुनी प्रक्रियाका लागिमात्र पीसीबीले १० लाख अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ ।
तर डिसीआरले पीसीबीलाई उल्टो २० लाख अमेरिकी डलर बीसीसीआईमा बुझाउन निर्देशन दिएको छ ।
यस्तो मुद्धामा जित्ने पक्षलाई पराजित पक्षले कानुनी खर्च वापतको ६० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ । ‘कानुनी प्रक्रियाका लागि बीसीसीआईले खर्च गरेको कुल रकमको ६० प्रतिशत र प्रशासनिक खर्च वापतको रकमको रकम तिर्नुपर्नेछ, ’ आईसीसीको विज्ञप्तिमा उल्लेख छ ।
तर, दुबै पक्षले यस प्रक्रियामा भएको खर्च सार्वजनिक नगरे पनि कुल खर्चको ६० प्रतिशत करिब २० हजार अमेरिकी डलर हुन आउने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।