दशैँ र तिहारमा स्याङ्जाका एउटै किसानले बेचे ५ लाख रुपैयाँका...
कात्तिक २२, २०८१ बिहिबार
न्यू डाइमन्ड भलिबल एकेडेमीको आयोजनामा पुसको अन्तिम साता महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
गएको वर्षबाट महिला भलिबलको आयोजना गर्न लागेको न्यू डाइमन्डले यसपटक पुष २५ देखि २८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने जनाएको छ । प्रतियोगिता नयाँ बसपार्कमा रहेकाे ढोरपाटन क्लवको खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा ६ देखि ८ टिमको सहभागिता हुने अनुमान आयोजकले जनाएका छन । जसमा काठमाडौं बाहिर टिमका लागि खान बस्न आयोजकले ब्यहोर्ने छ । प्रतियोगिताको विजेताले तीन लाख एक हजार, उपविजेताले २ लाख एक हजार र तेस्रो हुनेले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन । यस्तै चौथो हुने टिमले ५१ हजार रुपैया हात पार्नेछन ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार र विधागत रुपमा उत्कृष्ट खेलाडीले जनही ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिताको कुल बजेट २३ लाख रुपैयाँ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।