ईपीएल : काठमाडौंलाई ६ विकेटले हराउँदै भैरहवा फाइनलमा, उपाधिका लागि आइतबार ललितपुरसँग खेल्ने

 पुष ५, २०७५ बिहीबार १४:४३:० | उज्यालो सहकर्मी

काठमाडौं - काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै भैरहवा ग्लाडिटयर्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि उसले ललितपुर पेट्रियट्ससँग खेल्नेछ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा १ सय रनमा अलआउट भयो । २९ रन बनाउँदा तीन विकेट गुमाएको काठमाडौंका लागि रोहनले मुस्तफा ६, नरेश बुढाऐरले २ रन बनाए भने केभिन ओब्राइनले खाता खोल्न सकेनन् ।

अमित श्रेष्ठपनि मात्र १३ रनमा आउट भए भने प्रविन साहुले २५ तथा सोमपाल कामीले सात रन बनाए । त्यसपछि सन्दिप रिजाल २७ रनमा आउट भएपछि काठमाडौं सस्तैमा अलआउट भयो । बलिङमा भैरहवाका कुशल मल्लले तीन विकेट लिए ।

जवाफमा भैरहवाले १७ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । १० रनमा पहिलो विकेट गुमाएको भैरहवाले ३५ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । उसका रोयन टेन डोच्केटले ४५ रन बनाए भने रवी इन्दर सिंहले ३ रनको योगदान गरे । उसका ओपनर प्रदिप ऐरी ३ तथा आरिफ शेख ५ रनमा आउट भए ।

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया