कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
मोरङ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले विराटनगरमा हुने साफ महिला च्याम्पियन्सीप २०१८ को तयारी सुरु भएको छ । यसका लागि सचिवालय समिति र मैदान व्यवस्थापन समिति गठन गरेको छ । विराटनगमा आयोजना हुने साफ तयारीका लागि दुईवटा समिति गठन गरिएको एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।
प्रवक्ता राईका अनुसार च्याम्पियन्सीपको समय नजिकिँदै गर्दा साफ च्याम्पियनसीपको तयारी अनुसार समितिद्वारा सचिवालय एन्फाका सह महासचिव बसन्त अर्यालको संयोजनमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसमा जिल्ला फुटबल संघ मोरङका महासचिव ओमप्रकाश मास्के, वरिष्ठ उपाध्यक्ष विमल राजभण्डारी, उपाध्यक्ष दिपेन्द्र तिवारी र सदस्य अभयकुमार राई रहेका छन् ।
त्यसैगरि, मैदान व्यवस्थापनका लागि फुटबल संघ मोरङका अध्यक्ष दिपेन्द्र धिमालको संयोजकत्वमा मधुसुदन खनाल, मदन काफ्ले, अरुण लामा र राजु थापा रहेका छन् ।
साफ च्याम्पियन्सीप तयारी समितिका संयोजक एवं एन्फाका केन्द्रीय उपाध्यक्ष पंकज विक्रम नेम्बाङले प्रदेश १ ले अन्र्तराष्ट्रिय प्रतियोगिता गर्ने सुनौलो अवसर पाएकोमा सबै मिलेर सफल बनाउन आग्रह गर्नुभयो । साफ च्याम्पियनसीप प्रदेशसँगै विराटनगरका बाासीन्दाका लागि चुनौती र अवसर दुवै भएको उहाँले बताउनुभयो ।
एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियाँले साफको गरिमालाई सफल बनाउन सबैलाई समेट्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी एन्फाका सदस्य दीपक राईले च्याम्पियन्सीपका चुनौतीहरुलाई पहिचान गर्दै समन्वयमा कार्य गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित पदाधिकारीले अन्तर्राष्ट्रिय टोलीका लागि उचित होटलको ब्यवस्थापन, सुरक्षा अवस्था तथा भौतिक संरचनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए ।
महिला साफको पाँचौ संस्करण फागुन २८ गतेदेखि चैत ८ गतेसम्म विराटनगरमा हुँदैछ । च्याम्पियन्सीपमा आयोजक राष्ट्र नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।